स्वतन्त्र सांसद महावीर पुनले उद्योगधन्दामा प्रयोग हुने कच्चा पदार्थमा लगाइने कर हटाउन माग गरेका छन्। सोमबार संसद्मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले कच्चा पदार्थमा कर छुट दिनुपर्ने आवश्यकता औंल्याएका हुन्।
पुनले कच्चा पदार्थमा कर लाग्दा स्वदेशमै उत्पादन हुने वस्तु महँगो पर्ने, तर बाहिरबाट आयात गरिने कृषि औजारमा भने तुलनात्मक रूपमा कर नलाग्ने अवस्था रहेको उल्लेख गरे। यसले घरेलु उद्योगलाई प्रतिस्पर्धामा कमजोर बनाउने उनको भनाइ थियो।
‘कुनै पनि विकसित देशले उद्योगधन्दालाई चाहिने कच्चापदार्थहरूमा कर लगाउँछन् कि लगाउँदैनन् भनेर च्याटजीपीटीलाई सोधेको, लगाउँदै लगाउँदैनन् रे,’ उनले भने, ‘नेपालमा भने ठूलो कर लगाइएको छ। हामी आफैँले पनि वीरगञ्ज कृषि औजार कारखानाका लागि ठूलो कर तिरिरहेका छौँ।’
महावीर पुनले नेपालमा पेटेन्ट प्रणालीलाई प्रभावकारी बनाउन पनि सुझाव दिएका छन्। सांसद पुनले नेपालमा मात्र पेटेन्ट गरे पुग्दैन, जुन देशमा व्यापार गरिन्छ त्यहाँ पनि पेटेन्ट गर्नुपर्ने व्यवस्था हुनुपर्छ। यसका लागि सरकारले अनुदान दिनुपर्ने उनको भनाइ छ।
उनले नवप्रवर्तन क्षेत्रमा कुल पुँजीगत खर्चको एक प्रतिशत छुट्याउन र त्यसलाई बहुवर्षीय योजनामा राख्न पनि सरकारलाई सुझाव दिएका छन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया