शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
“निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,” प्रवक्ता महतले भने ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया