उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको प्रक्रिया अघि बढाउन कांग्रेस र एमालेले कार्यदल गठन गरिसकेको बताएका छन्।
बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कांग्रेस र एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको जानकारी दिए। सिंहले भने, “कार्यदलले सबै राजनीतिक दलहरूसँग छलफल गर्नेछ, र उनीहरूसँगको सहमतिमार्फत संविधान संशोधनको प्रक्रिया अघि बढाइनेछ।”
साथै, उनले कोरोनापछिको धराशायी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको उल्लेख गरे। सिंहले भने, “अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र गठन गरेका छौं। अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले आवश्यक पहल गरिरहेको छ।”















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया