उपप्रधानमन्त्री सिंह भन्छन्, “सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ”

उपप्रधानमन्त्री सिंह भन्छन्, “सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ”

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाको बजारीकरण गर्न सके देशभित्रै नयाँ रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन्।

शुक्रबार मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्दै उनले यस्ता महोत्सवहरूले ऐतिहासिक सम्पदा र स्थानीय कला संस्कृतिको प्रवर्द्धनसँगै रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्न सहयोग गर्ने बताए।

‘हाम्रा पुर्खाले सिकाएका सिप, संस्कृति, र संस्कार जीवन्त राख्न महोत्सवले ठूलो योगदान दिनेछ,’ उनले भने, ‘आफ्नै ठाउँमा बसेर पनि प्रशस्त सम्भावना रहेको यो महोत्सवले प्रमाणित गर्नेछ। अर्थतन्त्रलाई लयमा ल्याउन पनि यस्ता महोत्सवले प्रत्यक्ष प्रभाव पार्छन्।’

सिंहले मध्यपुर ठिमीमा रहेका मूर्त र अमूर्त सम्पदाहरूलाई विश्वसामु चिनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको उल्लेख गरे। उनले महोत्सव सफलताको शुभकामना दिँदै यसले सम्पदाहरूको प्रचार-प्रसार र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मध्यपुर महोत्सव पुस १४ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स