श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक २५ हजार पुर्‍याउन माग

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २५ गते
श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक २५ हजार पुर्‍याउन माग

नेकपा एमालेका सांसद क्षितिज थेबेले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाएर मासिक २५ हजार रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले हालको महँगीका कारण श्रमिकलाई दैनिक जीवनयापन गर्नसमेत कठिन भएको बताए।

उनले श्रमिकहरूको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष (एसएसएफ) लाई अनिवार्य तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सेवा प्रदायक संस्थाहरू कोषमा आबद्ध हुन हिचकिचाइरहेको उल्लेख गर्दै उनले त्यस्ता संस्थालाई कर छुटसहित विभिन्न प्रोत्साहनका नीति ल्याउन सरकारलाई सुझाव दिए। विशेषगरी महिला श्रमिकलाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षाको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

सांसद थेबेले स्वदेशमै रोजगारी सिर्जना गर्न सीप विकासमा लगानी आवश्यक रहेको बताए। ‘हामीले कालिगड र हजामहरू समेत बाहिरबाट ल्याइरहेका छौं, अब आफ्नै जनशक्तिलाई दक्ष बनाउनुपर्छ ।’ उनले भने।

त्यस्तै, उनले हरेक पालिका वा वडामा ‘क’ वर्गका बैंकमार्फत स्टार्टअप व्यवसायमा लगानी गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। लगानी र रोजगारीलाई प्रभावकारी रूपमा जोड्न सके आगामी ५ वर्षमा ५० लाख नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने उनको दाबी थियो। साथै, प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनालाई थप प्रभावकारी बनाएर युवालाई देशमै रोक्नुपर्नेमा उनले जोड दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स