क्रिसमसको मौका छोपेर साइबर अपराधीहरूको गतिविधि तीव्र बनेको छ। पछिल्लो समय ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ भन्दै पाँच हजार रुपैयाँ जित्न सकिने झुटो अफरको नाममा सामाजिक सञ्जालमा स्पाम लिङ्कहरू फैलाइएका छन्।
स्पाम लिङ्कमा प्रयोगकर्तालाई केही सामान्य प्रश्नहरूको उत्तर दिएर पुरस्कार जित्न सकिने झुटो दाबी गरिएको छ। यो अफरलाई विश्वसनीय देखाउन, नेपाल टेलिकमको लोगो र नाम दुरुपयोग गर्नुका साथै झूटो विवरणसमेत प्रयोग भएको छ।
नेपाल टेलिकमले आफ्नो आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमा यस्तो कुनै अफरबारे जानकारी दिएको छैन। अपराधीहरूले प्रयोग गरेको वेबसाइट पनि टेलिकमको आधिकारिक वेबसाइट होइन।
साइबर विज्ञहरूले यस्ता लिङ्कमा भाइरस र मालवेयर हुने जोखिम हुदा, लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ताको संवेदनशील जानकारी जस्तै बैंक खाता विवरण र पासवर्ड, चोरी हुने खतरा उच्च रहेको बताएका छन्।


















प्रतिकृया