साइबर आक्रमण हुनुअघिनै पत्ता लगाएर जोखिम कम गर्ने सफ्टवेयर बिक्री गर्दै क्रिप्टोजेन नेपाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ८ गते
साइबर आक्रमण हुनुअघिनै पत्ता लगाएर जोखिम कम गर्ने सफ्टवेयर बिक्री गर्दै क्रिप्टोजेन नेपाल

बढ्दो साइबर अपराध र डिजिटल जोखिमलाई ध्यानमा राख्दै नेपाली साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालले विश्वव्यापी डिजिटल जोखिम सुरक्षा कम्पनी सीटीएम ३६० (CTM360) सँग रणनीतिक सहकार्य गरेको छ। हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा यी दुई कम्पनीबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो। यस सहकार्यपछि सीटीएम ३६० को अत्याधुनिक साइबर सुरक्षा प्लेटफर्म ‘CTM360’ क्रिप्टोजेन नेपालमार्फत नेपाली बजारमा आधिकारिक रूपमा उपलब्ध हुने भएको छ।

सीटीएम ३६० विशेष गरी बैंक, वित्तीय संस्था, कर्पोरेट हाउस तथा अन्य ठूला व्यवसायिक संस्थाहरूका लागि विकास गरिएको एक साइबर सुरक्षा समाधान हो। यस प्लेटफर्मले एक्सटर्नल अट्याक सर्फेस मेनेजमेन्ट, डिजिटल रिस्क प्रोटेक्सन, साइबर थ्रेट इन्टेलिजेन्स, ब्रान्ड सुरक्षा, एन्टी-फिसिङ समाधान, डिप र डार्क वेब मनिटरिङ, थर्ड-पार्टी रिस्क मेनेजमेन्ट र अनलिमिटेड टेकडाउन सेवा प्रदान गर्छ।

यस सफ्टवेयरको विशेषता भनेको यसले पहिल्यै कम्पनीको डेटा सेटअप गरिसकेको हुन्छ, जसका कारण कुनै अतिरिक्त सेटअप वा म्यानुअल इनपुट आवश्यक पर्दैन। यसको प्रयोगले संस्थाहरूले आफ्ना वेबसाइट तथा डिजिटल सम्पत्तिमा रहेका सुरक्षा कमजोरीहरू पहिचान गर्न सक्छन्। साथै, डार्क वेबमा कम्पनीसम्बन्धी संवेदनशील डेटा लिक भए/नभएको पत्ता लगाउन, नक्कली प्रोफाइल वा वेबसाइट मार्फत फैलाइएका भ्रमहरू हटाउन तथा कम्पनीका उच्च अधिकारीहरूको डिजिटल पहिचान सुरक्षित गर्न मद्दत गर्छ।

क्रिप्टोजेन नेपालका प्रमुख प्राविधिक अधिकृत निर्मल दाहालका अनुसार बाह्य साइबर जोखिम नियन्त्रण गर्न डेटा उल्लङ्घन, फिसिङ आक्रमण तथा कार्यकारी प्रोफाइलको दुरुपयोग जस्ता समस्याहरू समाधान गर्नु आवश्यक छ। उनले सीटीएम ३६० सँगको सहकार्यले नेपालका व्यवसायिक तथा वित्तीय संस्थाहरूलाई डिजिटल खतराबाट बचाउने विश्वास व्यक्त गरे। सीटीएम ३६० का सीईओ मिर्जा असरार बेगले क्रिप्टोजेन नेपालसँगको साझेदारीले नेपालका संस्थाहरूलाई साइबर सुरक्षामा अझ सक्षम बनाउने बताए।

क्रिप्टोजेन नेपालले नेपाली बजारका लागि आवश्यक प्राविधिक सहयोग, तालिम तथा सेवा स्थानीयकरण गर्ने योजना बनाएको छ। नेपाली व्यवसाय तथा संस्थाहरूले साइबर सुरक्षा सेवाबारे बुझ्न वा प्रयोग गर्न क्रिप्टोजेन नेपालसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स