हलहरुमा फिल्म ‘कार्साङ’ हेर्ने दर्शकको भिँड, ६ दिनमा कति कमायो?

हलहरुमा फिल्म ‘कार्साङ’ हेर्ने दर्शकको भिँड, ६ दिनमा कति कमायो?

नेपाली फिल्म ‘कार्साङ’ ले प्रदर्शनको ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सुरुका दिनहरूमा कम दर्शक भए पनि चलचित्रको दर्शक संख्या विस्तारै बढ्दै गएको र वितरक कम्पनी आरआर फिल्मसका अनुसार माघ १ गतेदेखि हलमा दर्शकको चाप बढ्दै गएको छ। बुधबार पनि चलचित्रले राम्रो कलेक्सन गरेको बताइएको छ।

‘कार्साङ’ चलचित्रलाई यम शेर्पाले निर्देशन गरेका हुन् र यसमा दयाहाङ राई, सिर्जना निङले, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, र सुरवीर पण्डित जस्ता कलाकारहरूको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स