क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोली (फागुन २२) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
आईपीओमा आवेदन दिन लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले फागुन २६ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सेयर बिक्री नभएमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।आइपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो सेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सकिनेछ। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।



















प्रतिकृया