क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार दिनमै सकारात्मक सर्किट, कति पुग्यो सेयर मूल्य ?
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज बिहिबारदेखि नेप्सेमा सुरु भएको छ। प्रि-ओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२.५० रुपैयाँमा खुला भएको हो। कारोबार सुरु भएको आधा घण्टामै कम्पनीको सेयर मूल्यमा ९.९८ प्रतिशत बढेर ३३२.७० रुपैयाँ पुगेको छ, जसका कारण कम्पनीको सेयर मुल्यमा पहिलो कारोबार दिनमै सकारात्मक सर्किट लागेको छ।
यसअघि नै कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको थियो। पहिलो कारोबार तोकिएको रेन्जको उच्च विन्दुबाट सुरु भएको हो। कम्पनीका ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्, जसमा पब्लिक सेयर २२ लाख ५० हजार कित्ता रहेको छ।