नेकपा माओवादी केन्द्रको बैठक आज बस्दै, केके छन् एजेन्डा?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
नेकपा माओवादी केन्द्रको बैठक आज बस्दै, केके छन् एजेन्डा?

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा पुस २ देखि शुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ।

साथै, अनेरास्ववियू (क्रान्तिकारी)को दुईपटक स्थगित भएको राष्ट्रिय सम्मेलनको विषयमा पनि कुरा हुनेछ। मंसिर २३ र २४ मा सम्मेलन आयोजना गर्ने तयारी भए पनि विवाद र तयारीको कमीका कारण पुनः स्थगित भएको थियो।

बैठकमा पालिका सम्मेलन, खबरदारी सभा र उपनिर्वाचनको समीक्षा पनि हुनेछ। माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ, जुन बैठकमा छलफल गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स