काठमाडौँ जिल्ला अदालतले नेपालखबर र बिजमाण्डुमा प्रकाशित समाचार हटाउन दिएको आदेश खारेज गरेको छ। धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले समाचार हटाउन निवेदन दिएका थिए, तर न्यायाधीश श्यामविहारी मौर्यको इजलासले त्यो निवेदन खारेज गरिदिएको हो।
यससँगै, जेठ २७ मा न्यायाधीश पीताम्बर शर्माले दिएको अन्तरिम आदेश पनि खारेज भएको छ। श्रेष्ठले बिचौलियामार्फत घुस मागेको भन्ने समाचार प्रकाशित भएपछि उनले समाचार हटाउन माग गर्दै निषेधाज्ञा निवेदन दर्ता गरेका थिए। अदालतले श्रेष्ठ सार्वजनिक पदमा भएकाले प्रश्न उठ्नु स्वाभाविक ठहर गर्दै आदेश खारेज गरेको हो।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया