SHAREHUBSHAREHUB

महाधिवेशन उद्घाटनअघि आज कांग्रेसले जुलुस निकाल्ने, कहाँ कहाँ पर्छ जाम ?

AdvertisementAds
महाधिवेशन उद्घाटनअघि आज कांग्रेसले जुलुस निकाल्ने, कहाँ कहाँ पर्छ जाम ?
AdvertisementAds

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्ने तयारी गरेका छन्।

विशेष महाधिवेशन आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने व्यवस्था महाधिवेशन आयोजक समितिले गरेको छ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायत विभिन्न स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।

सचिवालयका अनुसार सबै रुटबाट बिहान ११ बजे जुलुस निकाल्ने तयारी गरिएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ। आजै बन्दसत्र प्रारम्भ गरिनेछ भने महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ।

कहाँ कहाँ निस्किन्छ जुलुस ?

AdvertisementAds

रुट नम्बर १
जम्मा हुने स्थान : सुन्धारा
यस रुटमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता सहभागी हुनेछन्। साथै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८, ९ र १० का नेता–कार्यकर्ताको पनि सहभागिता रहनेछ। जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर २
जम्मा हुने स्थान : रत्नपार्क
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भेगका साथै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन्। यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुग्नेछ।

रुट नम्बर ३
जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस
यस रुटको जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन्। साथै काठमाडौंका निर्वाचन क्षेत्र ५, ६ र ७ का सबै नेता–कार्यकर्ता पनि यही जुलुसमा रहनेछन्। जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस र पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर ४
जम्मा हुने स्थान : शंकरदेव क्याम्पस
पुतलीसडकस्थित पद्मोदय–शंकरदेव क्याम्पसलाई यस रुटको जम्मा हुने स्थान तोकिएको छ। भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ३ का नेता–कार्यकर्ता यस जुलुसमा सहभागी हुनेछन्। जुलुस शंकरदेव क्याम्पसबाट पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर ५
जम्मा हुने स्थान : कमलपोखरी
यस रुटमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीमा जम्मा भई चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन्।

रुट नम्बर ६
जम्मा हुने स्थान : कुपण्डोल
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ। जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क तथा पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स