कांग्रेस सांसद राजेन्द्र बजगाईंले राजीनामा दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २४ गते
कांग्रेस सांसद राजेन्द्र बजगाईंले राजीनामा दिने

भ्रष्टाचारविरुद्ध सडकमा आएको युवापुस्तामाथि सरकारको दमनप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधि सभाबाट राजीनामा दिने घोषणा गरेका छन्। गोरखा–१ बाट निर्वाचित सांसद बजगाईंले पत्र बुझाउन नसक्ने अवस्था भएको भन्दै इमेलमार्फतै राजीनामा पठाउने बताए।

उनले सरकारले आफ्नो भ्रष्टाचार विरोधी आवाज नसुनेको र सोमबारको जेनजी प्रदर्शनमा भएको दमनप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन्। यसअघि कांग्रेसका कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि राजीनामा दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स