कांग्रेसका सांसद केसी भन्छन्, “आईपीओको मूल्य बढाउने कुरा गलत छ”



Advertisement
Ads

नेपाली कांग्रेसका सांसद राजन केसीले अध्यादेशमार्फत आईपीओको मूल्य वृद्धि गर्ने प्रयासलाई गलत भएको बताएका छन्।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईपीओको मूल्य १०० रुपैयाँबाट बढाइएको चर्चा भएको उल्लेख गरे। तर, कति वृद्धि भएको हो भन्नेबारे उनले स्पष्ट पारेनन्। केसीले भने, “आईपीओलाई १०० रुपैयाँबाट बढाएर ल्याउने कुरा आएको छ, यो गलत हो।”


Advertisement

उनका अनुसार १०० रुपैयाँको मूल्यमा सबैले आईपीओ भर्न सकिरहेका छन्, त्यसलाई बढाउनु उचित हुँदैन। उनले यस प्रकारको कदमले सर्वसाधारणलाई असर गर्ने र यसबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर