कांग्रेसका सांसद बजगाईं भन्छन्, “नेपालको नाम ‘गोरखा’ राखौं र राजधानी पनि सारौँ”



Advertisement
Ads

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपालको नाम परिवर्तन गर्दै ‘गोरखा’ राख्नुपर्ने प्रस्ताव गरेका छन्। गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक रहेको भन्दै सांसद बजगाईंले यो नामले देशको गौरवशाली इतिहासलाई अझ प्रखर बनाउने विश्वास व्यक्त गरेका छन्।

गोरखा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बजगाईंले सामाजिक सञ्जालमार्फत देशको नाम परिवर्तनको प्रस्ताव राख्दै लेखेका छन्, “गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक हो। यो नामले देशको गौरवशाली इतिहासलाई उजागर गर्छ।”


Advertisement

यद्यपि, उनले नाम परिवर्तनले मात्रै समस्याहरू समाधान नगर्ने भन्दै जनताको पहिचान र भावनालाई सम्मान गर्दै निर्णय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बजगाईंले काठमाडौंबाट संघीय राजधानी अन्यत्र सार्नुपर्ने पनि प्रस्ताव गरेका छन्। काठमाडौंबाट राजधानी सारेर यसलाई सांस्कृतिक सहरका रूपमा विकास गर्नुपर्ने सुझाव दिँदै उनले तुलसीपुर, चितवन, र पोखरालाई सम्भावित नयाँ संघीय राजधानीको रूपमा प्रस्ताव गरेका छन्।

उनका अनुसार, “काठमाडौं सांस्कृतिक अतिक्रमण र अत्यधिक जनघनत्वले पीडित छ। यसलाई संरक्षित सांस्कृतिक सहर बनाउन राजधानी अन्यत्र सार्नु उपयुक्त हुन्छ।”

बजगाईंले रैथाने समुदायको सांस्कृतिक अधिकार सुरक्षित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले संरक्षित क्षेत्र घोषणा गरी समुदायलाई सहभागी गराएर संरक्षण योजनाहरू बनाइनुपर्ने उल्लेख गरेका छन्। परम्परागत जीवनशैली विस्थापित हुन नहुने र सांस्कृतिक अधिकारको प्रवर्द्धन गर्नुपर्ने उनको धारणा छ।

सांसद बजगाईंले नेपालका लागि सांस्कृतिक जरा बचाउँदै आधुनिक पहिचान स्थापित गर्न नयाँ दृष्टिकोण आवश्यक रहेको बताएका छन्। उनका अनुसार, काठमाडौंको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, र दीर्घकालीन स्थायित्वका लागि यस्ता कदम महत्त्वपूर्ण हुनेछन्।

तर, उनले यस्तो कार्यान्वयन जनताको समर्थन र स्पष्ट रणनीतिबिना सम्भव नहुने बताएका छन्। “काठमाडौंलाई पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नु दीर्घकालीन रणनीतिको हिस्सा हुनुपर्छ,” बजगाईंले लेखेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर