नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भएको भेटमा संसद् पुनर्स्थापनाको सम्भावनाबारे छलफल भएको बताएका छन्।
ललितपुरको कुपण्डोलमा रहेको बालेन शाहका निकट सहयोगी कुमार बेनको निवासमा भएको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले संसद् पुनःस्थापित भए त्यसका राजनीतिक र संवैधानिक असरबारे कुराकानी केन्द्रित रहेको जानकारी दिए।
बालेन शाहले अन्य राजनीतिक दल वा समूहसँग गर्दै आएको छलफलका सन्दर्भमा भने आफू जानकार नभएको उनले बताए। शर्माले कांग्रेस परित्याग गर्ने चर्चा निराधार भएको उल्लेख गर्दै आफ्नो राजनीतिक भविष्य पार्टीभित्रै रहेको बताए।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया