नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन कुमार थापाले पार्टी विभाजन नभएको स्पष्ट पारेका छन्। पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस एकताबद्ध रहेको बताएका हुन्।
थापाले विशेष महाधिवेशन सुरु भएसँगै निवर्तमान केन्द्रीय समिति स्वतः भंग भइसकेको र सो जानकारी यसअघि नै निर्वाचन आयोगलाई गराइसकेको बताए। ‘विशेष महाधिवेशन प्रारम्भ भएपछि निवर्तमान केन्द्रीय समिति भंग भइसकेको हो। त्यो जानकारी हामीले आयोगलाई पहिले नै गराइसकेका छौं। त्यसपछि कसले के जानकारी दियो थाहा भएन। शेरबहादुर देउवा निवर्तमान सभापति भइसक्नुभएको छ, अबको सभापति म हुँ,’ उनले भने।
उनले विशेष महाधिवेशनपछि नयाँ नेतृत्व चयन भइसकेकाले सबै नेताकार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
यसैबीच, थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। निर्वाचनको समय नजिकिएकाले पार्टीको विवरण यथाशीघ्र अद्यावधिक गरिदिन आयोगसँग उनले अनुरोध गरेका छन्। विधानको बाध्यकारी व्यवस्थाअनुसार भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले विवरण अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया