नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अघिल्ला निर्वाचनमा सांसद भइसकेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली लागू भएयता २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका कुनै पनि निर्वाचनबाट प्रतिनिधिसभा वा प्रदेश सभामा समानुपातिक सूचीमार्फत सांसद बनेकाहरूलाई आगामी निर्वाचनको बन्दसूचीमा नराख्ने निर्णय गरेको छ।
समानुपातिक बन्दसूचीमा राख्ने उम्मेदवारको नाम छनोटका लागि कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। बैठकले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सूची टुंग्याउने तयारी गरिरहेको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया