“कमरेड प्रचण्ड सार्है नै बाठो छन्, टिआरसीसँग कुलमान पो साटेछन्” सांसद ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई टिआरसी सगँ कुलमानलाई साटेको आरोप लगाएका
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद शाहीले तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको गोप्य बैठकमा यस्तो सहमति भएको दाबी गरेका हुन्। उनले लेखेका छन्, “कमरेड प्रचण्ड सार्है नै बाठो छन्, टिआरसीसँग कुलमान पो साटेछन्।”
शाहीकले सो बैठकमा सरकारले साथै, द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा माओवादी नेताहरूलाई पक्राउ नगर्ने र मुद्दा नचलाउने सहमति भएको उनले दाबी गरे। उनले थपेका छन्, “बधाई छ कमरेड प्रचण्ड।”
सरकारले सोमबार घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको छ।