सञ्चार मन्त्रीको ‘डिजिटल’ योजना: गाउँमै बसेर काम गर्न पाइने ‘डिजिटल वर्क हब’ र इन्टरनेट विस्तार सरकारको प्राथमिकतामा

सञ्चार मन्त्रीको ‘डिजिटल’ योजना: गाउँमै बसेर काम गर्न पाइने ‘डिजिटल वर्क हब’ र इन्टरनेट विस्तार सरकारको प्राथमिकतामा

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डा. विक्रम तिमल्सिनाले रिमोट वर्क, डिजिटल इन्क्लुजन र दूरदराज क्षेत्रमा इन्टरनेट सेवाको विस्तारलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन्।

बैठकमा सांसद रंगिला यादवले रिमोट वर्क र डिजिटल इन्क्लुजनबारे प्रश्न उठाउँदै दुर्गम क्षेत्रमा बसेर पनि काम गर्न सकिने गरी डिजिटल वर्क हब तथा कम्युनिटी आइटी सेन्टर स्थापना गर्नुपर्ने सुझाव दिएका थिए। सोही प्रश्नको जवाफमा मन्त्री तिमल्सिनाले उक्त सुझावलाई महत्वपूर्ण भन्दै सरकारले आवश्यक नीति र कार्यक्रममार्फत कार्यान्वयन अघि बढाइरहेको जानकारी दिएका हुन्।

उनले भने,
“माननीय रंगिला यादवले रिमोट वर्क र डिजिटल इन्क्लुजनको बारेमा प्रश्न राख्नु भएको थियो दुर्गम क्षेत्रमा बसेर काम गर्न सकिने डिजिटल वर्क हब तथा कम्युनिटी आइटी सेन्टर स्थापना गर्नुपर्ने सुझाव मननीय छन् नेपालको सबै क्षेत्रहरु र खासगरी दुर्गम क्षेत्र एवं बढी व्यवसायिक कारोबार हुने क्षेत्रमा फोन र इन्टरनेट सेवाको पहुच बढाउन र गुणस्तर सुधार्न बजेट तथा कार्यक्रम सहित आवश्यक कार्य गर्ने गराउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ रिमोट वर्क सम्बन्धी सूचना प्रणाली विकास भइसकेको छ र नीतिगत निर्णय भई कार्यन्वयन हुने तयारीमा पनि रहेको छ”

मन्त्री तिमल्सिनाका अनुसार देशका सबै क्षेत्र, विशेषगरी दुर्गम र बढी व्यावसायिक गतिविधि हुने स्थानहरूमा फोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार र गुणस्तर सुधारका लागि बजेट तथा कार्यक्रमसहित काम अघि बढाइनेछ।

उनले रिमोट वर्क सम्बन्धी सूचना प्रणाली विकास भइसकेको र आवश्यक नीतिगत निर्णयपछि कार्यान्वयन चरणमा प्रवेश गर्ने तयारी भइरहेको पनि स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स