काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई व्यंग्य गर्दै उनको फेसबुक पोस्टबारे प्रश्न उठाएका छन्।
शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको स्थापनादिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको तस्वीरसहित पोस्ट गरेका थिए। पोस्टमा उनले कार्यक्रमबारे उल्लेख गर्दै केही तस्वीरहरू पनि साझा गरेका थिए।
त्यसैमा बालेनले कमेन्ट गर्दै लेखे, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी?” उनले थप व्यंग्य गर्दै भने, “सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त!”
बालेनको यस्तो टिप्पणीसँगै देउवाको उक्त पोस्टमा इन्गेजमेन्ट झन् बढेको देखिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया