पूर्ण बहादुरको सारङ्गी–२ मा लफडा, देखिएनन् प्रकाश बाहिरिए निर्देशक
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिममा अहिले विवादको स्थिति देखिएको छ। यो चलचित्रले नेपाली चलचित्र उद्योगमा ऐतिहासिक ग्रसकलेक्सन गरेको छ, नेपालमा मात्र करिब ५० करोड रुपैयाँ आम्दानी गरेको छ।
सक्सेस पार्टीका अवसरमा निर्माता विनोद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ चलचित्रहरूको घोषणा गरे। तर, ‘पूर्ण बहादुरको सारङ्गी–२’ को घोषणा पछि, निर्देशक सरोज पौडेलले यस फिल्मको कथा र आइडिया आफूले सिर्जना गरेको बताए। उनले सामाजिक सञ्जालमा लेख्दै भने, “पूर्ण बहादुरको सारङ्गी विशुद्ध मेरो स्टोरी आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकहरूले अपार माया दिएर ऐतिहासिक बनाइदिएका छन्।” उनले यसलाई व्यापारको माध्यम नबनाउन आग्रह गरे र इतिहासलाई सम्मानपूर्वक राख्नुपर्ने बताउँदै भने, “यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा इतिहास भत्किन सक्छ।”
सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी–२’ मा आफू काम नगर्ने निर्णय लिइसकेको भन्दै भने, “मैले मेरो कथा फरक शैलीमा भन्न चाहन्छु। २, ३, ४, ६ जस्ता सिक्वल बनाउने विचार म राख्दिन।” उनले यो फिल्मको गरिमा जोगाउन निर्माता विनोद पौडेललाई आग्रह गर्दै भने, “सारङ्गी–१ ले स्थापित गरेको गरिमा जोगाउनुहोस्।”
‘पूर्ण बहादुरको सारङ्गी’ को सफलता र त्यसपछि निर्माण टिमका विभिन्न सदस्यहरूको अनुपस्थिति पनि विवादको संकेत हो। ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ को घोषणामा, प्याट्रिक सुवेदी र रमेश ढकालको नाम उल्लेख गरिएको छैन, जसका कारण निर्माता विनोद पौडेलसँग मनमुटाव भएको अड्कल गरिएको छ।
यस फिल्मको सक्सेस पार्टीमा मुख्य कलाकार विजय बराल, अभिनेत्री अञ्जना बराइली, विनोद न्यौपाने लगायत उपस्थित थिए भने निर्देशक रामबाबु गुरुङ, वितरक प्रचण्डमान श्रेष्ठ र कलाकर प्रकाश सपुत भने अनुपस्थित थिए।
‘