चीनले अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो, Google विरुद्ध छानबिन सुरु

अमेरिकाले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएपछि, चीनले पनि बदलामा अमेरिकाबाट आउने केही सामानमा १० प्रतिशत कर लगाउने निर्णय गरेको छ। चीनको वाणिज्य मन्त्रालयले मंगलबार यो घोषणा गरेको हो।

चीनले अमेरिकाबाट आउने कोइला र तरल प्राकृतिक ग्यास (LNG) मा १५ प्रतिशत कर लगाउने भनेको छ। त्यस्तै, कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत कर लगाउने निर्णय गरेको छ।

यसका साथै, चीनले अमेरिकी प्रविधि कम्पनी गुगल विरुद्ध एकाधिकार (मोनोपोली) अनुसन्धान सुरु गरेको छ। चीनमा गुगल प्रतिबन्धित भए पनि यो अनुसन्धानले चिनियाँ कम्पनीहरूसँग गुगलको व्यापारमा असर पार्न सक्ने बताइएको छ।

चीनले अमेरिकाको कर वृद्धिको विरोध गर्दै विश्व व्यापार संगठनमा उजुरी पनि दिएको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले गरेको यो कदम गलत रहेको भन्दै अन्तर्राष्ट्रिय व्यापार नियमविपरीत भएको आरोप लगाएको छ।

यसैबीच, अमेरिकाले मेक्सिको र क्यानडासँगको व्यापार वार्तापछि यी दुई देशबाट आयात हुने सामानमा लगाइएको २५ प्रतिशत कर ३० दिनका लागि स्थगित गरेको छ। तर चीनका लागि भने यस्तो कुनै सुविधा दिइएको छैन। नयाँ कर मंगलबारदेखि लागू भइसकेको छ।

यसअघि, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा चीनसँग व्यापार युद्ध सुरु गरेका थिए। त्यसपछि दुवै देशले एकअर्कामाथि ठूला कर लगाएका थिए, जसले विश्व व्यापारमा ठूलो असर पुर्‍याएको थियो। सन् २०२० मा चीनले अमेरिकी सामान खरिद गर्ने सम्झौता गरे पनि, कोभिड महामारीका कारण यो योजना सफल हुन सकेन।

ट्रम्पले हालै फेरि चेतावनी दिएका छन् कि यदि चीनले अमेरिका पठाइने फेन्टानिल नामक घातक लागूपदार्थलाई रोक्न सकेन भने, थप कर लगाइनेछ। चीनले भने यो समस्या अमेरिकाकै रहेको बताउँदै चीनले अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो, Google विरुद्ध छानबिन सुरु

अमेरिकाले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएपछि, चीनले पनि बदलामा अमेरिकाबाट आउने केही सामानमा १० प्रतिशत कर लगाउने निर्णय गरेको छ। चीनको वाणिज्य मन्त्रालयले मंगलबार यो घोषणा गरेको हो।

चीनले अमेरिकाबाट आउने कोइला र तरल प्राकृतिक ग्यास (LNG) मा १५ प्रतिशत कर लगाउने भनेको छ। त्यस्तै, कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत कर लगाउने निर्णय गरेको छ।

यसका साथै, चीनले अमेरिकी प्रविधि कम्पनी गुगल विरुद्ध एकाधिकार (मोनोपोली) अनुसन्धान सुरु गरेको छ। चीनमा गुगल प्रतिबन्धित भए पनि यो अनुसन्धानले चिनियाँ कम्पनीहरूसँग गुगलको व्यापारमा असर पार्न सक्ने बताइएको छ।

चीनले अमेरिकाको कर वृद्धिको विरोध गर्दै विश्व व्यापार संगठनमा उजुरी पनि दिएको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले गरेको यो कदम गलत रहेको भन्दै अन्तर्राष्ट्रिय व्यापार नियमविपरीत भएको आरोप लगाएको छ।

यसैबीच, अमेरिकाले मेक्सिको र क्यानडासँगको व्यापार वार्तापछि यी दुई देशबाट आयात हुने सामानमा लगाइएको २५ प्रतिशत कर ३० दिनका लागि स्थगित गरेको छ। तर चीनका लागि भने यस्तो कुनै सुविधा दिइएको छैन। नयाँ कर मंगलबारदेखि लागू भइसकेको छ।

यसअघि, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा चीनसँग व्यापार युद्ध सुरु गरेका थिए। त्यसपछि दुवै देशले एकअर्कामाथि ठूला कर लगाएका थिए, जसले विश्व व्यापारमा ठूलो असर पुर्‍याएको थियो। सन् २०२० मा चीनले अमेरिकी सामान खरिद गर्ने सम्झौता गरे पनि, कोभिड महामारीका कारण यो योजना सफल हुन सकेन।

ट्रम्पले हालै फेरि चेतावनी दिएका छन् कि यदि चीनले अमेरिका पठाइने फेन्टानिल नामक घातक लागूपदार्थलाई रोक्न सकेन भने, थप कर लगाइनेछ। चीनले भने यो समस्या अमेरिकाकै रहेको बताउँदै मार्फत कानुनी कारबाही गर्ने बताएको छ।

व्यापार तनाव फेरि बढ्दै गएकाले, दुवै देशबीच नयाँ कर लगाउने क्रम जारी रहने संकेत देखिएको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स