चिलिमे हाइड्रोको नाफा बढेपनि प्रतिसेयर आम्दानी भने लाग्यो ओरालो



Advertisement
Ads

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा २.०१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


Advertisement

विद्युत बिक्री आम्दानीबढेसंगै कम्पनीको खुद नाफा पनि बढेको हो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ६१ करोड २० लाख रुपैयाँ थियो।


Advertisement

८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.९७ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४० पैसाबाट घटेर ८ रुपैयाँ ७२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.५ गुणा रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर