चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।
कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्नेछ । जस अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।













![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया