SHAREHUBSHAREHUB

मुख्यमन्त्री यादवले भने, “मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको हुँ”

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
AdvertisementAds
मुख्यमन्त्री यादवले भने, “मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको हुँ”
AdvertisementAds

मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन्।

आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पारेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको बताएका छन्। उनले मधेसका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको बताएका छन्। मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स