बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टरमार्फत पिकनिक (वनभोज) कार्यक्रममा सहभागी भएका छन्। अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाली कांग्रेस सिरहाले सिरहाको धनगढीमाइ नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजना गरेको वनभोजमा सहभागी हुन उनी हेलिकप्टर चढेर पुगेका हुन्।
नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापतिसमेत रहेका बानियाँ साउन २० गते बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बनेका हुन्। सो वनभोज कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव भने सुरक्षा कार्गेटसहित पुगेका थिए। उनीसँगै मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवलगायतको पनि उपस्थिति रहेको थियो।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया