त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्त, कुन क्याम्पसमा को ?



Advertisement
Ads

त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा प्रमुख नियुक्ति गरेको छ। आइतबार त्रिवि कार्यकारी परिषद्ले बसेको बैठकले यी नियुक्तिहरूलाई अनुमोदन गरेको हो। त्रिविका प्रवक्ता यमन सिंह बोहराका अनुसार, लामो समयदेखि प्रमुखविहीन रहेका क्याम्पसहरू निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका थिए। गत असोजमा गठन गरिएको छनोट समितिले सिफारिस गरेको नामका आधारमा परिषद्ले नयाँ प्रमुखहरूको नियुक्ति गरेको हो।


Advertisement

काठमाडौं उपत्यकाभित्रका क्याम्पसहरूमा सहप्राध्यापक कपिल खनाल (शंकरदेव क्याम्पस), सहप्राध्यापक पदमकुमार अधिकारी (रत्नराज्य लक्ष्मी क्याम्पस), सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय (नेपाल कमर्श क्याम्पस), उपप्राध्यापक यामप्रसाद शर्मा (ललितकला क्याम्पस), उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ (सानोठिमी क्याम्पस), उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी (विश्वभाषा क्याम्पस), र सहप्राध्यापक रघुवीर विष्ट (पाटन संयुक्त क्याम्पस) नियुक्त भएका छन्।


Advertisement

काठमाडौं उपत्यकाबाहिर सहप्राध्यापक लक्कीप्रसाद जोशी (भैरहवा क्याम्पस), सहप्राध्यापक लालमणि आचार्य (महेन्द्र बहुमुखी क्याम्पस), सहप्राध्यापक माधवप्रसाद खनाल (सुर्खेत बहुमुखी क्याम्पस), उपप्राध्यापक अरुणकुमार क्षेत्री (बुटबल बहुमुखी क्याम्पस), प्राध्यापक बसन्तकुमार कर्ण (रामस्वरुप रामसागर क्याम्पस), सहप्राध्यापक पर्वतकुमार राई (भोजपुर बहुमुखी क्याम्पस), प्राध्यापक हरिप्रसाद पाठक (पृथ्वीनारायण क्याम्पस), सहप्राध्यापक राजेश्वरप्रसाद यादव (सूर्यनारायण सत्यनारायण क्याम्पस), सहप्राध्यापक दिलानन्द जोशी (डोटी बहुमुखी क्याम्पस), उपप्राध्यापक टंकप्रसाद पन्थ (त्रिभुवन बहुमुखी क्याम्पस), उपप्राध्यापक प्रकाशचन्द्र खत्री (जुम्ला बहुमुखी क्याम्पस), र सहप्राध्यापक सुदर्शन सिलवाल (धौलागिरि बहुमुखी क्याम्पस) प्रमुख बनेका छन्।

त्यस्तै, अध्ययन संस्थानअन्तर्गत सहप्राध्यापक नारायणप्रसाद गौतम (वनविज्ञान अध्ययन संस्थान पोखरा), उपप्राध्यापक रामकुमार श्रेष्ठ (कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ), सहप्राध्यापक जन्मजय गैरे (पक्लिहवा क्याम्पस), सहप्राध्यापक देवीप्रसाद आचार्य (मेची बहुमुखी क्याम्पस), र प्राध्यापक बसन्तकुमार राई (केन्द्रीय प्रविधि क्याम्पस धरान) प्रमुखमा नियुक्त भएका छन्।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर