नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्। खुमलटारस्थित आफ्नै निवासमा गएराति शौचालयमा लडेका प्रचण्डको टाउको र निधारमा चोट लागेको बताइएको छ।
उनलाई तत्कालै उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो, जहाँ टाँचा लगाएर उपचार गरिएको थियो। उपचारपछि प्रचण्ड अहिले निवास फर्किएका छन्।
















प्रतिकृया