SHAREHUBSHAREHUB

अध्यक्ष ओलीले भने, “आगामी निर्वाचनमा एमालेको बहुमत कसैले रोक्न सक्दैन”

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २० गते
AdvertisementAds
अध्यक्ष ओलीले भने, “आगामी निर्वाचनमा एमालेको बहुमत कसैले रोक्न सक्दैन”
AdvertisementAds

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा ओलीले भने, “०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ। यदि हामी जनतासँग सक्रियतापूर्वक जोडिन र हाम्रा सदस्य तथा समर्थक परिचालन गर्न सफल भयौं भने बहुमत ल्याउन कसैले रोक्न सक्दैन।”

उनले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुने पनि सुनिश्चित गरे। ओलीले भने, “हामी सरकारमा छौं। आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन। सरकारमै रहँदै हामी धाँधली रोक्नेछौं।”

अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न निर्देशन दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स