सहकारी छानबिन समितिका सभापति थापा भन्छन्, “सहकारी ठग्नेलाई पानीमुनि गए पनि छोड्दैनौँ”

सहकारी छानबिन समितिका सभापति थापा भन्छन्, “सहकारी ठग्नेलाई पानीमुनि गए पनि छोड्दैनौँ”
AdvertisementAds

सहकारी छानबिन समितिका सभापति सूर्य थापाले सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरूलाई जति जोगिन खोजे पनि छोड्ने नदिने बताएका छन्।

मंगलबार काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा उनले भने, “सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू अब जहाँसुकै भए पनि जोगिने अवस्था छैन। पानीमुनि गए पनि छाड्दैन, आकाशमै गए पनि छोड्दैन, पातालमुनि गए पनि छाड्दैन।”

थापाले आफू नेतृत्वमा तयार गरिएको प्रतिवेदनले राष्ट्रिय जागरण, जागृति र कर्तव्यबोधको अनुभूति गराएको दाबी गरे। उनले थपे कि, थापाका नेतृत्वमा बनेको संसदीय प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित दर्जनौं व्यक्तिहरू माथि अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स