चितवनको साहारा सहकारी ठगीको आरोपमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता, अपचलन रकम कति ?



Advertisement
Ads

चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा ठगी तथा सङ्गठित अपराध मुद्दा दर्ता गरिएको छ।


Advertisement

मङ्गलबार दर्ता गरिएको मुद्दामा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ प्रतिवादी छन्।


Advertisement

सरकारी वकिल कार्यालयका अनुसार, रवि लामिछानेविरुद्ध सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको छ, जबकि अन्य १२ जनाविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दर्ता गरिएको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा, सहकारीबाट ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ अपचलन भएको उल्लेख गरिएको छ।

साथै, सहकारीबाट विभिन्न कम्पनीहरूमा गएको रकमलाई समेत समेट्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीको रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ।

यसअघि, असोज ८ गते सोही मुद्दामा १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर