व्यवसायी शेखर गोल्छा भने: “निराश छैनौँ, रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ”

व्यवसायी शेखर गोल्छा भने: “निराश छैनौँ, रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ”
Advertisement Ads

उद्यमी शेखर गोल्छाले पछिल्लो युवा आन्दोलनमा भएको क्षतिबाट आफ्नो परिवार निराश वा विचलित नभएको बताएका छन्। मंगलबारको आन्दोलनका क्रममा गोल्छासहित धेरै उद्योगीले ठूलो क्षति बेहोरे पनि उनले सकारात्मक दृष्टिकोण कायम राखेका छन्।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छाले सामाजिक सञ्जालमा लेखेका छन्, “केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार प्रभावित भए पनि हामी निराश छैनौं। देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना गर्दछौं। हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध छौं।”

गोल्छाले सबै नेपालीलाई अन्धकारपछि उज्यालो आउने विश्वासका साथ सद्भाव र एकता कायम राख्न आग्रह गरेका छन्।

Screenshot 2025 09 12 105554 https://bajarkochirfar.com/businessman-shekhar-golchha-said-we-are-not-disappointed-we-are-committed-to-creating-jobs-and-investing | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स