‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा भेटियो शव

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २५ गते
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा भेटियो शव
AdvertisementAds

ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबारको प्रदर्शनको क्रममा उक्त घरमा आगजनी भएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपीका अनुसार आगोमा परेका एक व्यक्तिको शव जलिसकेको अवस्थामा फेला परेको हो। प्रारम्भिक विवरण अनुसार शव पुरुषको हो, तर पहिचान हुन सकेको छैन।

एसएसपीले भने, “शव पुरूषको हो, घरका सदस्य जस्तो देखिँदैन। अहिले मुचुल्का तयार पार्न टोली पठाइएको छ।”

अहिलेसम्म घटनाबारे थप विवरण आउन बाँकी छ, र प्रहरीले शवको पहिचान र घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ।

(साभार: सेतो पाटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स