ग्रीन डेभलपमेन्ट बैंकले हरि बहादुर बुढाथोकीलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ। बैंकका संचालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो, जसअनुसार उनकाे दोस्रो कार्यकाल चैत १ गतेदेखि लागू हुनेछ।
बुढाथोकीको वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेर बैंकिङ्ग क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। उनकाे पहिलो कार्यकाल बिहीबार सकिँदैछ र दोस्रो कार्यकालका लागि उनलाई चार वर्षको कार्यकाल दिइएको छ।
















प्रतिकृया