SHAREHUBSHAREHUB

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
AdvertisementAds
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
AdvertisementAds

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज शुक्रबार सार्वजनिक हुँदैछ। बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक आज जेठ १५ गते अपराह्न ४ बजे बस्ने तय गरिएको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संयुक्त बैठक सुरु हुनुअघि नै उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई दिउँसो ३ः४५ बजेभित्र संसद् भवनमा उपस्थित हुन आग्रह गरेका थिए।

आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नेपालको संविधान जारी भएपछि संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने परम्परा रहँदै आएको छ। गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बजेट सार्वजनिक गर्ने व्यवस्था गरिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स