प्रतिनिधि सभामा आज बजेटमाथि छलफल सुरु हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १८ गते
प्रतिनिधि सभामा आज बजेटमाथि छलफल सुरु हुँदै

प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफल सुरु हुने भएको छ।

संसद् सचिवालयद्वारा सार्वजनिक कार्यसूचीअनुसार सोमबार दिउँसो १ बजे बस्ने सोह्रौँ बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त प्रस्ताव प्रस्तुत भएपछि सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राख्दै छलफलमा भाग लिने कार्यक्रम रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स