संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, जबकि राष्ट्रियसभाको बैठक सवा १ बजे सुरु हुनेछ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहित ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ छलफलका लागि प्रस्तुत गर्नेछन्। साथै, ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गरिने सम्भावना छ।
यसैगरी, राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८०’ छलफल तथा पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया