नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
छिमेक लघुवित्तको २३ लाख ८१ हजार ७३७.६८ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
त्यस्तै, ग्लोबल आईएमई बैंकले वितरण गरेको ५ प्रतिशत बोनस सेयर बराबरको १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।