नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका टिकट कालो बजारमा दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको पाइएको छ। एनपिएलको टिकटिङ पार्टनर रहेको खल्ती वालेटले बिक्रीमा राखिएको केही समयमा नै सबै टिकट बिक्री भएको जनाएको थियो।
तर, सामाजिक सञ्जालका विभिन्न क्रिकेट ग्रुपहरु मार्फत अहिले टिकटहरू कालो बजारमा दोब्बर वा त्योभन्दा बढी मूल्यमा बिक्री भइरहेको देखिएको छ। खल्तीमा फाइनल खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र भिआइपी टिकटको मूल्य रु ७०० तोकिएको थियो। तर, कालो बजारमा यी टिकटहरूको मूल्य रु १००० देखि रु १५०० सम्म लिएको गुनासो क्रिकेटप्रेमीहरूले गरेका छन्।
टिकट बिक्रीमा राखे लगत्तै केही व्यक्तिहरूले धेरै टिकट किनेर अहिले मूल्य बढाएर बेचेका हुन। यसकारण वास्तविक क्रिकेटप्रेमी दर्शकहरूले निर्धारित मूल्यमा टिकट पाउन कठिनाइ भोग्नुपरेको छ। खेलप्रेमीहरुले टिकट कालो बजारमा बिक्री हुनुमा व्यवस्थापक खल्तीको कमजोरी औँल्याएका छन् ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुने छ। खेल मध्यान्ह १२:३० बजे सुरु हुनेछ।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया