नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सुविधा नलिने घोषणा गरेको विषयप्रति आपत्ति जनाएका छन्। उनले यसलाई जनतामा भ्रम छर्ने प्रयास भन्दै आलोचना गरेका हुन्। सोमबार कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा बोल्दै विप्लवले भने, “तलब नलिने भन्यो भने के खान्छ, माटो खान्छ?” उनले यस्तो अभिव्यक्ति दिने व्यक्तिहरुले विगतमा अकुत सम्पत्ति कमाएको हुनसक्ने आरोप लगाए।
विप्लवले नेताहरु उत्पादनसँग नजोडिएको र सजिलो पैसा खोज्दै विदेशीको एजेन्ट बनेको दाबी गरे। साथै, उनले सुशीला कार्की र अन्य मन्त्रीलाई राम्रो काम गर्न शुभकामना दिँदै जनतालाई वास्तविक परिवर्तन दिलाउनेतर्फ लाग्न सुझाव दिए।
त्यस अवसरमा विप्लवले देवीमाया बि.क.लाई नेकपा कपिलवस्तुका तर्फबाट बनाइएको तीन कोठे घर हस्तान्तरण गरे। देवीमायाले सशस्त्र युद्धमा आफ्ना दुई छोरा गुमाएकी थिइन्। विप्लवले शहीदका सपनालाई बोकेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै देशको भविष्यका लागि निरन्तर मिहिनेत गर्ने बताएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया