सन नेपाल लाइफ इन्स्योरेन्सले लिलामीमा राखेको २ लाख २४ हजार ७२८ कित्ता सेयरका लागि परेको बोलपत्र भोलि शुक्रबार खोलिने भएको छ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार बोलपत्र असार १८ गते बिहान ८ बजे डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा खोलिनेछ।
यसअघि कम्पनीले वैशाख ४ गतेसम्म कायम सेयरधनीहरूलाई १ बराबर ०.२७ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
उक्त हकप्रदमा वैशाख ३० देखि असार ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो। तर, त्यस अवधिमा १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता सेयरका लागि मात्रै आवेदन परेको थियो।
बाँकी रहेको २ लाख २४ हजार ७२८ कित्ता सेयर सबैलाई किन्न पाउने गरी लिलामीमा राखिएको हो। अब ती सेयरका लागि परेको बोलपत्र खोल्ने तयारी गरिएको हो।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया