भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार अर्थात् माघ २७ गते बिहान ९ बजे आईपीओको बाँडफाँड गर्ने तयारी गरेको छ।
कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। यसमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन्। यो माग प्रस्ताव गरिएकोभन्दा ३७.०९% बढी हो।
सर्वसाधारणका लागि कम्पनीले ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको छ। यसअनुसार, प्रत्येक ८३ हजार आवेदकले मात्रै १०.१० कित्ता पाउने छन्। जसका कारण करिब साढे २४ लाख आवेदनकर्ताको हात खाली रहनेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया