स्थानीयका लागि निष्काशन गरेको भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

स्थानीयका लागि निष्काशन गरेको भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले सर्वसाधारणमा जारी हुने कुल आईपीओमध्ये आयोजना प्रभावित स्थानीयका लागि १० लाख कित्ता सेयर पुस ३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको थियो। तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका २ हजार ८८३ जना आयोजना प्रभावित स्थानीयलाई माघ २ गते आईपीओ बाँडफाँड गरिएको हो।

स्थानीयमा बाँडफाँड गर्नुअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओसमेत बाँडफाँड गरिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले १ लाख कित्ता आईपीओ बाँडफाँड गरेको हो।

अब कम्पनीले माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। भुजुङ्ग हाइड्रोपावरले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। पहिलो चरणपछि कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सुरक्षित राखी बाँकी ८ लाख ३० हजार कित्ता सर्वसाधारणमा निष्काशन गरिनेछ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा माघ १५ गतेसम्म खुला रहनेछ भने माग नपुगेमा ढिलोमा माघ २६ गतेसम्म अवधि लम्बिनेछ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स