१० भाई मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा ११ औं भाई बन्न पुगे भीम रावल

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
१० भाई मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा ११ औं भाई बन्न पुगे भीम रावल

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुन लागेका छन्। नेकपा (एमाले) बाट निष्कासनपछि रावलले आफ्नै अभियान सञ्चालन गर्दै आएका थिए। हाल नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटक एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा रावललाई समाहित गर्ने छलफल अन्तिम चरणमा पुगेको छ।

आइतबार प्रचण्ड, माधवकुमार नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायत नेताहरूले रावलसँग भेट गरी पार्टीमा सामेल हुन आग्रह गरेका थिए। पार्टी स्रोतका अनुसार रावललाई छैटौँ वरीयतामा राख्ने तयारी छ। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछि रावलको स्थान रहनेछ। उनलाई सचिवालय सदस्यको जिम्मेवारी दिने सम्भावना छ।

औपचारिक कार्यक्रम कात्तिक २६ या २७ गते हुने तयारी भइरहेको र सोमबार रातिसम्म अन्तिम टुंगो लाग्ने जनाइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स