बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना

बेष्ट फाइनान्स लिमिटेडले जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न र हरित वित्त प्रवर्द्धनका लागि ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ मा उल्लिखित नीति र मार्गदर्शन कार्यान्वयन गर्ने उद्देश्यले कम्पनीले यो नयाँ निक्षेप योजना ल्याएको हो। यस योजनामा सहभागी हुने प्रत्येक ग्राहकको नाममा एकवटा बिरुवा रोपिनेछ, जसबाट ग्राहक स्वयंले वातावरणीय संरक्षणमा प्रत्यक्ष योगदान पुर्‍याउने व्यवस्था गरिएको छ।

यस अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग सहकार्य गरेको छ। सम्झौतामा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्सका एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका हुन्। सहकार्य अन्तर्गत स्थानीय निकायसँग समन्वय गरी खाली जमिन पहिचान गर्ने, बिरुवा रोप्ने, हेरचाह गर्ने र पाँच वर्षपछि ती बिरुवाहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ।

कार्यक्रमको सुरुवातस्वरूप गोदावरी नगरपालिका–१ स्थित गोदामचौरको खाली जग्गामा ५०० वटा बिरुवा रोपिएको छ। सो वृक्षारोपण कार्यक्रममा गोदावरी वडा नं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, कर्मचारीहरू तथा लायन्स क्लबका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमलाई लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालअन्तर्गतका ५० भन्दा बढी क्लबले ऐक्यबद्धता जनाएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स