नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई समानुपातिक सूचीबाट हटेर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। आफूलाई शक्तिशाली र लोकप्रिय मान्ने नेताहरू बारम्बार समानुपातिक प्रणालीमार्फत संसद् पुगिरहँदा उक्त व्यवस्थामाथि नै प्रश्न उठ्नु स्वाभाविक हुने बास्कोटाको भनाइ छ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले कांग्रेस र एमालेबीच मोर्चाबन्दी गरेर चुनाव लड्नुपर्ने धारणा राख्ने नेताहरूले पहिले आफैं प्रत्यक्ष मैदानमा उत्रिनुपर्ने टिप्पणी गरे।
बास्कोटाले लेखेका छन्, “समानुपातिक कोटामा आफुलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो।अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन।रुख-सुर्य मिलेपछि चुनाव लडे भो त।अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।समावेशीताकै वेईजत नगर के-त्यो पनि पुरुषले।”
यसअघि एक कार्यक्रममा उपाध्यक्ष थापाले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीच सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए। एमालेले थापालाई आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा समेटिसकेको छ।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया