Advertisement
Ads

वर्षमान पुन भन्छन्, “कांग्रेस र एमाले नयाँ दललाई माथि उठ्न नदिने प्रयासमा छन्”



Advertisement
Ads

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेसँग माओवादीको बाटो फरक रहेको बताएका छन्। पार्टीको तेस्रो रोल्पा नगर अधिवेशनमा पुनले ०६२/०६३ को आन्दोलनका बेला १२ बुँदे सहमतिबाट सुरु भएको सहकार्य संविधान निर्माणपछि कमजोर भएको बताए।

उनले कांग्रेस र एमालेले गणतन्त्रलाई सीमित विचौलिया र भ्रष्टहरूको लागि सीमित गर्न खोजेको आरोप लगाउँदै माओवादी बहुसंख्यकको हितमा गणतन्त्र निर्माणको पक्षमा रहेको दाबी गरे।


Advertisement

वर्षमान पुनले भने, “कांग्रेस र एमाले नयाँ दललाई माथि उठ्न नदिने प्रयासमा छन्, जबकि माओवादी पार्टीको नीति भने लोकतन्त्रको बगैंचामा नयाँ फूल फुल्न दिनु हो। उनले भने, “लोकतन्त्रमा नयाँलाई आउन दिनुपर्छ। यदि वृक्ष गलत भयो भने आफैं सकिन्छ, तर नयाँको आउन रोक्नेमा हाम्रो सहमति छैन।”

फेरि, उनले पार्टीलाई प्रचण्डको नेतृत्वमा पुनर्गठित र पुनर्ताजगी गरेर अघि बढाउनुपर्ने निष्कर्षमा पुगेको उल्लेख गरे।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर