राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध विकास गर्ने आवश्यकता व्यक्त गरेका छन्।
मंगलबारको बैठकमा बोल्दै उनले मुलुकका आधारभूत समस्याहरू छलफल मात्र गरेर समाधान गर्न नसकिने र त्यसका लागि सबै भूमि राज्यको नाममा ल्याउनुपर्ने बताए। उनले व्यक्तिगत जमिन राख्ने व्यवस्था अन्त्य गर्नुपर्ने र विकासका लागि योजनाबद्ध ढंगले काम गर्न आग्रह गरे।
गौतमले प्रधानमन्त्री बन्ने इच्छुक नेताहरूसँग काम गर्न नसके कान समातेर सय पटक उठबस गर्ने वाचा गराउनुपर्ने टिप्पणी पनि गरे।
















प्रतिकृया